काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को दोस्रो राष्ट्रि भेला आज शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ ।
प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भेलाको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ ।
भेलाले नयाँ नेतृत्व चयन गर्नेछ । भेलामा भुगोल तथा गैरभुगोल जिल्ला, प्रदेशबाट ६ सय प्रतिनिधि सहभागी रहने छन् ।
दुई दिनसम्म चल्ने भेला उद्घाटन सत्र, बन्दसत्र र समापन सत्र गरी तीन सत्रमा सञ्चालन हुनेछ ।
भेलाले विगतमा सङ्गठनका कामको सिंहावलोकन आगामी क्रान्तिकारी युवा आन्दोलनको नीति तथा कार्ययोजनामा छलफल बहस गरी युवा आन्दोलनको समग्र
कार्यदिशा तय गर्ने बताइएको छ ।