बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

नागरिकता विधेयकको विरोधमा प्रदर्शन, सात प्रदर्शनकारी पक्राउ

बिहिबार, भाद्र २ २०७९

काठमाडौं । नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले प्रदर्शन गरेको छ । 
आज काठमाडौ‌मा संसद् भवनअगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप गरेको छ । प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ ।

यसैगरी नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा बिहीबार राजधानीमा जुलुस तथा सभा गर्दैछ ।

कोटेश्वरमा भेला भई जुलुस संसद् भवन नयाँं बानेश्वरमा पुग्ने कार्यक्रम तय भएको पार्टीेले जनाएको छ । नयाँं बानेश्वरमा पुगेर सभा हुने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले जनाए । 
पार्टीले नागरिकता विधेयकविरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ । 

आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधयेक पारित गर्ने कार्यसूची सार्वजनिक भएपछि संसद् भवन अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।