बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कलंकीमा रहेको खसीबजार हटाउन महानगरको निर्देशन

बिहिबार, भाद्र २ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाले कलंकीमा रहेको खसीबजार हटाउन निर्देशन दिएको छ । 

आज एक सूचना निकाल्दै महानगरले १५ दिनभित्र खसीबजार हटाउन निर्देशन दिएको हो । 

अन्यथा कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत महानगरले दिएको छ । खसीबजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोर मैलाका कारण वातावरणमा गम्भीर असर परेको उजुरी आएपछि महानगरले वातावरण सम्बन्धी अध्ययन गरेको थियो । 

महानगरले वातावरण सम्बन्धी अध्ययन गरी तयार पारेको प्रतिवेदन अनुसार खसीबजार हटाउनुपर्ने देखिएको सार्वजनिक सूचनामा उल्लेख छ । 

हेर्नुहोस् महानगरको सूचना

014012213299658651_583847973205904_1336503980527997545_n.jpg