बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

आज देशभर वर्षाको सम्भावना, भोलि भारी वर्षा हुनसक्ने

बिहिबार, भाद्र २ २०७९

काठमाडौं । आज मुलुकका सबैजसो प्रदेशमा वर्षाको सम्भावना छ ।

दिउँसो लुम्बिनी र कर्णालीका केही र बाँकी प्रदेशका थोरै स्थानमामा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, मधेश र सुदूरपश्चिमका थोरै तथा अन्य प्रदेशका एक/दुई स्थानमा वर्षाको आकलन गरिएको छ ।

शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश र लुम्बिनीका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।