बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एनएमबीका ग्राहकलाई हवाई टिकटमा क्यासब्याक अफर

बिहिबार, भाद्र २ २०७९

काठमाडौं । एनएमबीका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने भएका छन् । आगामी चाडपर्वलाई मध्यनजर गर्दै एनएमबी बैंकले अहिलेदेखि नै क्यासब्याक अफर प्रस्तुत गरेको हो ।

एनएमबीका ग्राहकले बुद्ध एयर र यती एयरको एप र वेबबाट एनएमबी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिदमा क्रमशः तीन सय ५० र पाँच सय रुपैयाँ क्यासब्याक सुविधा पाउने बैंकले जनाएको छ ।

क्यासब्याक सुविधाका लागि ग्राहकले आफ्नो एनएमबी कार्डमा इ(कमर्स सक्रिय गर्नुपर्ने छ । यो सुविधा सीमित अवधिका लागि मात्र उपलब्ध रहने पनि बैंकले जनाएको छ ।