बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

कांग्रेस महामन्त्री विश्वप्रकाश गृह जिल्ला झापाबाटै चुनाव लड्ने

बुधबार, भाद्र १ २०७९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट निर्वाचन लड्ने घोषणा गरेका छन् । 

काठमाडौं ५ मा पनि उनको चर्चा भएपछि शर्माले आज एक ट्वीट गरेर झापाबाटै उम्मेदवार हुने बताएका हुन् ।

उनले लेखेका छन्, ‘काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’

साथै उनले कतिपय अनलाइनमा चासोपुर्वक लेखिएका समाचारहरुप्रती धन्यवाद दिँदै, स्पष्टताका लागि यो ट्विट गरेको जानकारी गराएको बताएका छन् ।

Capture.JPG

अघिल्लो निर्वाचनमा पनि उनी झापा क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका थिए । तर नेकपा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए ।