काठमाडौ – नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुुनः १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म पुरानो नविकरण अन्र्तगतको उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।
साउन १७ गते जारी मिति तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । राष्ट्र बैंकका अनुसार बिक्री गरिने कुुल ट्रेजरी ९१ दिने अवधिको पाँच अर्ब १० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैंयाँको रहेको छ ।
यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ कात्र्तिक १५ गते र बिसं २०७९ माघ १७ गते तोकिएका छन् । गत साता पनि १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरिएको राष्ट्र बैंकको भनाई छ ।