बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कन्हैया सिंह र अञ्जना गुरुङ ‘नजर नजरको’ सार्वजनिक

शुक्रबार, साउन १३ २०७९

काठमाडौं । गायक तथा संगीतकार कन्हैया सिंह र अञ्जना गुरुङको स्वरमा रहेको नजर नजरको बोलेको गीत सार्वजनिक भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच गीत र भिडियो सार्वजनिक गरिएको हो । गीतको संगीत र रचना बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले गरेका छन् । त्यस्तै भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा नायक पुष्प खड्काको साथ पहिलोपटक कन्हैया सिंहकी छोरी अपेक्षा सिंहले डेब्यु गरेकी छन् ।

कार्यक्रममा बोल्दै संगीतकार शम्भुजित बास्कोटाले जहाँ बसेपनि नेपाली गीत, संगीतलाई माया गर्नुपर्ने बताए । उनले गीतका शब्दहरु नेपाली लोकगीतका भाषालाई प्रयोग गरेर कोरिएको बताए । त्यस्तै नायक पुष्प खड्काले गीत धेरै राम्रो रहेको बताए । उनले आगामी भदौ ३ गते विवाहको हल्ला चलाएको बारेमा चलचित्रमा विवाह हुनसक्ने बताए ।

उक्त गीतमा बरिष्ठ संगीतकार मनोहर सुनामको संगीत संयोजन, प्रकाश मिश्रको रेकर्डिङ रहेको छ । त्यस्तै सहायक निर्देशन सुबोल थापा, सिनेमाटोग्राफर नवराज उप्रेती,सम्पादन र कलरिङ नविन निरौलाको रहेको छ ।