बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सुनको भाउ घट्यो 

सोमबार, साउन ९ २०७९

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९४ हजार चार सय रुपैयाँ कायम भएको छ । 

तेजावी सुनको मूल्य तोलाको ९३ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । आइतबार छापावाल सुन तोलाको ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 

सोमबार चाँदीको भाउ भने स्थिर छ । चाँदीको भाउ प्रतितोला ११ सय ५५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।