शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

बालकुमारीमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक घाइते

सोमबार, साउन ९ २०७९

काठमाडौं ।  ललितपुरको बालकुमारी खरीबोटमा आज बिहान जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते भएकी छिन् । 

दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक चितवन घर भई ललितपुरकै झम्सिखेल बस्ने २३ वर्षीया रेखा मगरको उपचारका क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो । 

घाइते भएकी स्कुटरमा पछाडी सवार ललितपुर धोबिघाट बस्ने २३ बर्षकै सकुन्तला घर्तिको सोही अस्पतालमा उपचार भइरहेको छ । 

कोटेश्वरतर्फ जाँदै गरेको बा ४५ प १३४५ नम्बरको स्कुटरलाई आज बिहान सवा ३ बजे नम्बर नखुलेको जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ । 

जिप सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी बृत्त सातदोबाटोले जनाएको छ ।