बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लागुऔषधसहित श्रीमान, श्रीमती र एक जना आफन्त पक्राउ

सोमबार, साउन ९ २०७९

महोत्तरी । लागुऔषध सहित महोत्तरीमा श्रीमान, श्रीमती र एक जना आफन्त पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सिन्धुली दुधौली १० बस्ने श्रीमान, श्रीमती प्रदीप सेन्चुरी र दिलमाया भुजेल, प्रदीपका आफ्न्त २२ बर्षिय विशाल सेन्चुरी पक्राउ परेका हुन् ।

आज अपरान्ह औरही कठुधारास्थित प्रहरी पोष्टवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध नाइट्रोभेट १० लेखिएको ९९ पिस सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीको अनुसार तिनै जना बर्दिबास(सम्सी सडक खण्डमा पैदल हिडदै गर्दा संकाका आधारमा चेकजाँच गर्दा उक्त लागुऔषध फेला परेको थियो ।

पक्राउ परेका उनिहरु अहिले इलाका प्रहरि कार्यालय गौशालाको हिरासतमा छन । उनिहरुलाइ जिल्ला अदालत महोत्तरीवाट ५ दिनको म्याद थप गरी अनुसन्धान भैइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।