शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

झापामा एउटै रुखमा झुण्डिएको अवस्थामा तीन किशोरीको शव फेला

आइतबार, साउन ८ २०७९

काठमाडौं । झापामा तीन जना किशोरी एउटै रुखमा झुडिएको अवस्थामा शव फेला परेको छ ।

झापाको कचनकवल गाउँपालिका ५ बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा रहेको एउटा रुखमा तीन किशोरी झुन्डिएको र मृत अवस्थामा भेटिएका हुन् ।

कचनकवल ५ पाठामारीमा १६ वर्षीया करिना गणेश, १७ वर्षीया अन्जली गणेश र १६ वर्षीया शर्मिला गणेश झुन्डिएको अवस्थामा भेटिएको हो ।

ती तीनै जनाले छुट्टाछुट्टै प्रकारको डोरी प्रयोग गरेका छन् । एउटीले नाइलनको डोरी, एउटीले गाई बाध्य प्रयोग गरिने दाम्लो र अर्कीले गम्छा प्रयोग गरेका छन् ।

हिजो दिउँसोदेखि हराएका उनीहरू आज बिहान करिब ७.३० बजे झुन्डिएको अवस्थामा फेला परेको छन् ।

कचनकवल गाउँपालिका-५ का वडाध्यक्ष नुर आलमका अनुसार उनीहरु तीनै जना चिया बगानमा मजदुरी गर्थे । हिजोदेखि हराइरहेका उनीहरुलाई सोही चिया बगानमा मजदुरी गर्ने एक व्यक्तिले आज विहान झुण्डिरहेको अवस्थामा देखेका थिए ।

आफन्त, गाउँका अग्रजको रोहबरमा अहिले प्रहरीले घटनाकाे मुचुल्का उठाई शव पोष्टमार्टमका लागि भद्रपुर लगेको छ ।