काठमाडौं, साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से सुचक एवं कारोबार रकम दुबै नैं बढेका छन् । नेप्से आज १६ दशमलव दुई अंकले बढेर दुई हजार ४५ दशमलव ४३ अंकमा पुग्दा सेन्सिटिभ पनि दुई दशमलव आठ अंकले बढेर तीन सय ९१ दशमलव ५६ अंकमा चढेको छ । दुई सय १३ वटा कम्पनीहरुको ३७ हजार नौं सय ७२ पटकको कारोबारमा ५७ लाख १३ हजार दुई सय ४८ कित्ता सेयर किनबेच हुंदा आज कारोबार रकम दुई अर्ब २९ करोड ९३ लाख १६ हजार तीन सय २६ रुपैंयाँ पुगेको छ ।
आज १३ वटा समुहहरुको कारोबार हुंदा सबै समुहहरुको सुचक बढेर नेप्सेमा हरियाली छाएको छ । ति मध्ये बाँँणिज्य बैंक समुहको सुचक छ दशमलव ३२ अंकले बढेर १३ सय ८० दशमलव नौं अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि १५ दशमलव ९५ अंकले बढेर २३ सय ६० दशमलव छ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ७२ दशमलव छ अंकले बढेर आठ हजार एक सय ६० दशमलव ४४ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि ८० दशमलव २२ अंकले बढेर नौं हजार नौं सय दशमलव ६६ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा इर्मर्जिङ नेपाल हाईड्रो पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिभिल बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।