शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

छानबिन समितिले पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्ने

मंगलबार, साउन ३ २०७९

काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानविन गर्न गठित छानबिन समितिको बैठक आज पनि बस्दैछ ।

समितिले आजदेखि सीसीटीभीसँग सम्बन्धित विज्ञसँग छलफल गर्दैछ । झन्डै सात दिन लगातार सक्रिय भए पनि समितिले अनधिकृत व्यक्ति प्रवेश प्रमाणित हुने वा प्रवेश नगराएको प्रमाणित हुने कुनै आधार फेला पार्न सकेको छैन ।

डिलिट भएको भनिएको सीसीटीभी दृश्य फिर्ता ल्याउने प्रविधिका विषयमा सोमबारदेखि समितिले सूचना प्रविधि विज्ञसँग परामर्श गरिरहेको छ ।

प्राविधिक तथा विज्ञसँग छलफल गरेर मात्रै पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्ने समितिको तयारी छ ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको निर्माण भएको सात दिन पुगिसकेको छ ।

आज बस्ने बैठकमा सिसिटिभीसँग सम्बन्धित विज्ञहरुसँग् छलफल गर्ने कार्यक्रम रहेको छ । शर्मामाथि अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको थिया। पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका छन् ।