बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कोपेनहेगनको सपिङ मलमा गोलीबारी हुँदा तीन जनाको मृत्यु, तीन गम्भीर

सोमबार, असार २० २०७९

डेनमार्क ।  डेनमार्कको सबैभन्दा ठूलो सपिङ मलहरू मध्ये एकमा एक जना बन्दुकधारीले तीन जनाको हत्या गरेका छन्। अन्य घाइते भएको र उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बन्दुकको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन्।

कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले एक पत्रकार सम्मेलनमा गोलीबारीपछि पक्राउ परेका २२ वर्षीय संदिग्धबारे अनुसन्धान सुरु गरिएको बताए।

संदिग्धलाई पक्राउ गर्दा उनीसँग राइफल र गोलाबारुद रहेको डेनिस प्रहरीले जनाएको छ।

गोलाबारीपछि घटनास्थलमा आमाबाबुले आफ्ना छोराछोरी बोकेर भवनबाट दौडिएका थिए।

त्यस्तै, एम्बुलेन्सका कर्मचारीहरूले मानिसहरूलाई स्ट्रेचरमा लैजाँदै गरेका थिए।

उक्त हमला अतिवादी गतिविधिसँग जोडिएको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरिरहेको छ।

-एजेन्सी