बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

स्थानीय चुनाव समीक्षा गर्न एमाले सचिवालय बैठक बस्दै

सोमबार, जेष्ठ ३० २०७९

काठमाडौँ :  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज (सोमबार) बस्दैछ । बैठकमा तीन एजेण्डामाथि छलफल हुने एमालेले जनाएको छ ।

हिजो बसेको कार्यालय बैठकले आज बस्ने केन्द्रीय सचिवालय बैठकमा छलफलका लागि तीन एजेण्डा तय गरेको छ । बैठकमा पालिका चुनावको समीक्षा, गठन नभएका विभागको विस्तार र पालिकामा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण लगायत विषयमा छलफल हुने एमालेले जनाएको छ ।

एमाले सचिवालय बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ । एमालेका नेताहरूले पालिका चुनावमा सत्ता पक्षले राज्य शक्तिको स्रोत साधन दुरुपयोग गरेको आरोप लगाउँदै आएको छ । यस्तै पार्टीभित्रको अन्तर्घातले पनि चुनावमा सोचेजस्तो नतिजा नआएको एमाले नेताहरुको टिप्पणी छ ।