बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

इण्डक्सन चुलो बाँढ्ने निहुँले सरकारले चुनावी फण्ड उठाउन खोज्यो: सुरेन्द्र पाण्डे

बुधबार, जेष्ठ १८ २०७९

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले इण्डक्सन चुलो बाढ्ने निहुँले सरकारले चुनावलाई खर्च उठाउने चलखेल गरेको आरोप लगाए ।

पाण्डेले ६० लाख परिवारलाई इन्डक्सन बाँढ्ने निहुँले सरकारले केवल चुनावलाई फण्ड उठाउने रणनीति अपनाएको पाण्डे आशंका व्यक्त गरे ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले मिर्र्गौला पीडितलाई डायलासिस निःशुल्क गर्नुपर्ने व्यवस्था गर्नुपर्ने  उनले बताएका छन् ।

उनले डायलासिस गर्ने मेसिनको अभाव रहेका बेला सरकारले उपलब्ध गराउने भत्ता उपयोगी नहुने बताए । 

‘क्यान्सर, मिर्गौला रोगीलाई पाँँच हजार दिन्छु भन्नु भएको छ । यो राम्रै हो । तर, अहिले अस्पतालमा डायलासिस गर्ने मेसिन नै छैन । ६ महिना, एक वर्ष पालो कुर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यो पाँच हजार लिनुअघि नै मृत्यु भइसक्छ । अहिले सम्पूर्णको डायलासिस निःशुल्क गर्छु  र मेसिन पनि किन्छु भन्नुपर्थ्यो ।’

संकट एकातिर बजेट अर्कोतिर भएको उनले टिप्पणी गरे । गत आर्थिक बर्षको भन्दा आधा बजेट मलखादमा छुट्याएको बताउँदै उहाँले किसानलाई न्याय गर्न नसकेको उनले बताए ।