दाङ । दाङ तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार टीकाराम खड्काले एक हजार १६१ मतल अग्रता लिएका छन् ।
उनले हालसम्म १६ हजार ७९६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १५ हजार ५३५ मत प्राप्त गरेका छन ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत उपप्रमुखमा एमालेका उम्मेदवार स्यानी चौधरीले १६ हजार ७९ मत प्राप्त गरेर अग्रस्थान छिन् भने गठबन्धनका नेकपा ९एकीकृत समाजवादी०का जोगबहादुर रानाले ११ हजार ४४५ मत ल्याएका छन ।
यसैबीच वडा नं १० मा एमालेका यमराज केसी एक हजार ८७९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी कांगे्रसका धु्रवहादुर शाहले एक हजार २३ मत प्राप्त गरे । अहिलेसम्म तुलसीपुरका १० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । हाल तुलसीपुर ११ र १२ को मतगणना जारी छ ।
तुलसीपुरमा यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हासिल गरेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकोमा ७४ हजार ३३६ ले मतदान गरेका थिए ।