बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

स्मार्टफोन व्यापारिक वृद्धिमा चिनियाँ निर्माता अगाडि

मंगलबार, मंसिर ७ २०७३

बेइजिङ, मंसिर ७ । स्मार्टफोनको वृद्धिमा चिनियाँ निर्माताहरुले अग्रता कायम गरेका छन् । विश्वको स्मार्टफोनको क्षेत्रमा सबैभन्दा अगाडि देखिएको एप्पल र सामसुङ कम्पनीको हाराहारीमा चिनियाँ निर्माताहरु पनि अगाडि देखिएका हुन् । 

पछिल्लो समय सार्वजनिक भएको एक विवरणले विश्वको स्मार्टफोनको बजारमा हुवावेई, ओप्पो र बीबीके  कम्युनिकेशनको व्यापारिक नतिजामा देखिएको सुधारको कारण चिनियाँ निर्माताहरुको प्रभाव पनि विश्व बजारमा बढ्दै गएको देखिएको हो । यस वर्षको तेस्रो त्रैमासिक अवधिमा स्मार्टफोन निर्माणको क्षेत्रमा चिनियाँ स्मार्टफोन निर्माताहरुले समग्रमा २१ प्रतिशतको हिस्सा ओगटेको विवरण सार्वजनिक भएको छ । 

यस वर्षको उक्त तीन महिनाको महिनामा चीनको स्मार्टफोनको व्यापारिक नतिजामा १२ दशमलव ४ प्रतिशतको वृद्धिदर हासिल भएको  हो । चिनियाँ स्मार्टफोनको क्षेत्रमा पनि ओप्पोले उल्लेख्य व्यापारिक नतिजा हहासिल गर्न सफल रहेको विवरणले देखाएको छ । ओप्पोको व्यापारमा उक्त तीन महिनाको अवधिमा ८१ प्रतिशतको भारी सुधार आएको नतिजाले देखाएको छ । 

बीबीकेले पनि आफ्नो व्यपारिक क्षेत्रमा ८९ प्रतिशतको व्यापारिक वृद्धिदर हसिल गरेको देखिएको छ । स्मार्टफोन निर्माणको क्षेत्रमा लामो समयसम्म राज गरेको स्मार्टफोन निर्माता कम्पनी सामसुङ कम्पनीको व्यापारमा नोट ७ मा खराबीको कारण १९ दशमलव २ प्रतिशतको गिरावट आएको नतिजा सार्वजनिक भएको छ भने विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कमपनीको रुपमा रहेको एप्पलको व्यापारमा पनि उक्त अवधिमा ११ दशमभलव ५ प्रतिशतको गिरावटमा परेको छ । समग्र व्यापारिक हिसाबमा भने स्मार्टफोनको व्यापारिक नतिजामा वृद्धि भएको छ । 

यस वर्षको तीन महिनाको अवधिमा समग्र रुपमा पाँच दशमलव ४ प्रतिशतको सुधार आउँदै ३७ करोड ३० लाख स्मार्टफोन बिक्री विवरणले देखाएको छ । एजेन्सी