बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बिल गेट्सलाई कोभिड पोजेटिभ

बुधबार, बैशाख २८ २०७९

न्युयोर्क । माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई कोभिड पोजेटिभ भएको छ ।

आफूलाई कोभिडको सामान्य लक्षणहरू देखिएको उनले बताएका छन् ।

स्वस्थ नभएसम्म आफू अन्य व्यक्तिबाट अलग रहने अर्बपति गेट्सले बताएका छन् । ‘खोप लगाएको तथा परीक्षण र उत्कृष्ट चिकित्सा हेरचाहको पहुँचमा भएकाले म भाग्यवानी छु’, उनले ट्विट गरेका छन् । 

-एजेन्सी