शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

स्वर्ण पदक विजेता सन्जु चौधरी मृत फेला

मंगलबार, बैशाख २७ २०७९

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत फेला परेकी छिन् ।

ललितपुरको लुभुस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरीलाई मंगलबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । 

चौधरी नेपाललाई सागमा भारात्तोलनमा स्वर्ण पदक दिलाउने पहिलो खेलाडी हुन् ।

२३ वर्षीय चौधरी हाल एसियाली खेलकुदको तयारीमा थिइन् । उनी एसियाली खेलकुदका लागि नेपालगञ्जबाट छनोट भएकी थिइन् । छनोटमा सहभागी १६ जनामध्येबाट चौधरी छानिएकी थिइन् ।