शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज कैलालीको धनगढी र डडेल्धुरामा गठबन्धनको चुनावी सभा 

सोमबार, बैशाख २६ २०७९

धनगढी । पाँच दलीय गठबन्धनले आज कैलालीको धनगढीमा चुनावी सभा गर्दैछ ।

पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका गठबन्धनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 
आज नै प्रधानमन्त्री देउवको गृहजिल्ला डडेल्धुरामा पनि चुनावी सभा हुँदैछ ।

धनगढीको कार्यक्रम सकेर गठबन्धनका सबै नेताहरु डडेल्धुरा जाने कार्यतालिका रहेको छ ।