शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गाडीभित्रै चालक सुतिरहेका बेला एमाले मेयरका उम्मेदवारको गाडीमा आगजनी 

सोमबार, बैशाख २६ २०७९

सुर्खेत । दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवालको गाडीमा आगजनी भएको छ  । 

बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा बिहान सवा ३ बजे आगजनी भएको बढुवालले जानकारी दिए ।

गाडी आठबीस नगरपालिका ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होटलमा पार्किङ गरेर राखिएको थियो भने चालक गाडीभित्रै सुतिरहेको थिए । 

बडुवालले एक अज्ञात समूहले गाडी आगजनी गरेको उल्लेख गरेका छन् । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पुर्‍याएका थिए,’ उनले भने,‘ त्यस कारण खासै क्षति भने हुन सकेन ।’ 

घटनाबारे इलाका प्रहरीले अनुसन्धान थालेको छ ।