शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

आइतबार, बैशाख २५ २०७९

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान साढे १० बजे पत्रकार सम्मेलन गर्दैछन् ।

एमाले नेता विष्णु रिमालले दिएको जानकारी अनुसार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय रहेको तुलसीलाल अमात्य स्मृति भवनमा पत्रकार सम्मेलन गरेर निर्वाचनको तयारीलगायत विषयमा ओलीले जानकारी दिन लागेका हुन् ।

एमालेले निर्वाचन केन्द्रित चुनावी सभा देशका अधिकांश ठाउँमा गरिसकेको छ । सर्वाधिक उम्मेदवार एमालेले नै स्थानीय तह निर्वाचनमा खडा पनि गरेको छ ।

उम्मेदवारलाई  मत दिएर विजयी गराइदिन अध्यक्ष ओलीले मतदाताहरूलाई आह्‍वान गर्दै आएका छन्। 

२०७४ सालमा भएको निर्वाचनमा एमाले पहिलो दल बनेको थियो । यतिबेला एमालेविरुद्ध कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन छ।

गठबन्धनमा दोस्रो, तेस्रो, चौंथो र पाँचौं दल छन् ।  ओलीले पाँच दल मिलेर बनेको गठबन्धनलाई ‘मिलेर खान बनेको गठबन्धन’को संज्ञा दिने गरेका छन् ।  तर, पनि एमाले पहिलो दल बन्ने उनको दाबी रहँदै आएको छ ।