सुर्खेत । सत्ता गठबन्धनमा रहेका दुई दल कांग्रेस र माओवादीका कार्यकर्ताबीच चुनाव प्रचारप्रसारका क्रममा रुकुमपश्चिम त्रिवेणी गाउँपालिकामा झडप भएको छ ।
चुनाव प्रचारप्रसारका क्रममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । झडपमा परी ६ जना घाइते भएका छन् ।
कांग्रेस त्रिवेणी गाउँपालिका अध्यक्ष उम्मेदवार अमरसिंह खड्का सवार गाडीमाथि माओवादी कार्यकर्ताले आक्रमण गरेको कांग्रेसको दाबी छ भने माओवादीले जिल्ला कमिटी सदस्य चुडामणि बस्नेतको घरमा कांग्रेसले तोडफोड र ढुंगा हानेका कारणले झडप भएको जनाएको छ ।
माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि त्यहाँ प्रहरी परिचालन गरिएको छ । जिल्लाका ६ पालिकामध्ये चार पालिकामा कांग्रेस र नेकपा एमालेले चुनावी तालमेल गरेका छन् ।