काठमाडौं । लगातार घट्दै गरेको सुनको भाउ आज भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको भाउ तोलाको ९६ हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको भाउ भने स्थिर छ । मंगलबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।