शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेस उम्मेदवारलाई भोट माग्न प्रधानमन्त्री देउवा विराटनगर जाँदै

बुधबार, बैशाख २१ २०७९

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रदेश १ को राजधानी विराटनगर जाँदैछन् ।

चुनावी सभालाई सम्बोधन गर्न उनी जान लागेका हुन् । देउवाको सचिवालयले जनाएअनुसार उनी १० बजेपछि विराटनगर जाने छन् । 

कांग्रेसका मोरङ सभापति डिकबहादुर लिम्बुले मध्यान्ह १२ बजे विराटनगरको पुष्पलाल चोकमा चुनावी सभा आयोजना गरिएको बताए । 

सभालाई पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा शेखर कोइरालालगायतले पनि सम्बोधन गर्ने सभापति लिम्बुले जानकारी दिए । 

विराटनगर प्रदेश १ को एक मात्र महानगरपालिका हो । त्यहाँ पाँच दलीय गठबन्धनबाट नागेश कोइराला प्रमुख पदका उम्मेदवार छन् । उनी कांग्रेसका हुन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले तय गरेको कार्यक्रमअन्तर्गत कोइरालाको प्रचार हुनेगरी चुनावी सभा हुन लागेको हो ।