शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

ललिपुरलाई सांस्कृतिक महानगर बनाउन भन्दै एमाले चुनावी अभियानमा पूर्वमन्त्री बज्राचार्य

मंगलबार, बैशाख २० २०७९

ललितपुर । नेकपा एमाले ललितपुर महानगरपालिकाको २१ वर्ष लामो मेयरको वागडोर सम्हालेका बुद्धिराज बज्राचार्य नेकपा एमाले ललितपुर महानगगरपालिका उम्मेदवारसंग घरदैलो अभियानमा सहभागी भएका छन् ।

८६ वर्षे बज्रचार्य बिहानैदेखि ललितपुर महानगरपालिकाको २० नम्बर वडाका विभिन्न टोलमा मत माग्दै हिडेका छन् ।

मेयरका उम्मद्वार हरीकृष्ण ब्यञ्जनकार र उपमेयर मञ्जली शाक्य वडाका अध्यक्षका उम्मेदवार इन्द्रमुनी बज्राचार्य र वडा सदस्यका उम्मेदवार सहित घरदैलो अभियानमा छन् ।

५ वर्ष सम्म वडाअध्यक्ष र त्यसपछि मेयरको जिम्मेवारी सम्हालेका बज्राचार्यले एमालेलाई सहयोग गर्न घरदैलो अभियानमा सहभागी भएका हुन् । पूर्वमन्त्री बज्राचार्यले ललितपुर महानगरपालिकालाई सांस्कृतिक महानगर बनाउन एमालेको विजयी आवश्यक रहेको बताए ।

उनले भने, ‘मैले हाम्रो भन्दापनि राम्रो उम्मेदवार जिताउन अभियानमा सहभागी भएको हुँ ।’ उनीवडा नम्बर २० का स्थायीवासी हुन् । उनले पद्मवती महाविहारमा आयोजित घरदैलो अभियानमा आफ्नो साथ र समर्थन एमालेका उम्मेदवारसंग रहेको बताए ।

Capture.PNG

मेयरका उम्मेद्वार ब्यञ्न्जनकारले ललितपुर महानगरपालिकालाई यो स्थानमा ल्याउन पूर्वमन्त्री एवं  दुई दशक लामो मेयरपद सम्हाले समाजसेवी बज्राचार्यको महत्वपूर्ण योगदान रहेको बताए । हाल उनीललितपुर विकासको लागि समाजका अध्यक्ष छन् । उनको संस्थाको सहयोगमा महानगरभित्र करिब एक दर्जन बढी बिहार र सम्पदाको पुननिर्माण सम्पन्न भैसकेको छ ।

उपमेयरका उम्मेदवार मञ्जली शाक्यले उहााको साथ,सहयोग र हौसलाले निर्वाचनमा जित हासिल गर्न सकिने बताइन् । उनले भनिन्, ‘उहाँकै कारण ललितपुर महानगरको विकास भएको हो ।’ विश्वभरबाट परिचित पूर्वमन्त्री बज्राचार्यकै कारण ललितपुरलाई विश्वको नजरमा सम्पदाको शहर बनाउन मुख्य भुमिका रहेको छ ।

वडा अध्यक्षका उम्मेद्दार इन्द्रमुनी बज्राचार्यले पूर्वमन्त्री बज्राचार्य कारण समग्र ललितपुरका विकास सम्भव भएको तर्क राखे । ‘उहाँकै प्रेरणा र महानिर्देशनबाट हामीले यो निर्वाचनमा विजयी हासिल गर्नेछौ’ अध्यक्ष बज्राचार्यको भनाइ छ ।

सो अवसरका पूर्वमन्त्री बज्रचार्यले मेयर, उपमेयर वडा अध्यक्ष र सदस्यलाई शुभकामना दिए ।