शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

घट्यो सुनको भाउ, आज कतिमा भइरहेको छ कारोबार ?

मंगलबार, बैशाख २० २०७९

काठमाडौं ।  सुनको भाउ मंगलबार प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ । सोमबार सुन तोलाको ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । 
चाँदीको भाउ भने स्थिर नै रहेको छ । सोमबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।