काठमाडौं । निर्वाचन आयोगले आचारसंहितामा कडाई गरेको छ ।
आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचन स्वस्थ तथा मर्यादित निर्वाचनका लागि आयोगले कडाइ गरेको हो ।
आचारसंहिता उल्लंघन गरेमा आयोगले उम्मेदवारी रद्द गर्नसक्ने चेतावनी दिँदै सूचना जारी गरेको छ ।