शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आइजीपी बढुवाविरुद्ध सर्वोच्च पुगे पोखरेल

मंगलबार, बैशाख २० २०७९

काठमाडौं । सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आइजीपी) पदमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन दायर गरिएको छ । 

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । 
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध पोखरेलले सोमबार रिट निवेदन दायर गरेका हुन् ।
रिट निवेदनको प्रारम्भिक सुनुवाइ बुधबार हुनेछ ।