शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नवनियुक्त महानिरीक्षक अर्यालबाट गाडी र झण्डाको पूजा

सोमबार, बैशाख १९ २०७९

काठमाडौं । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल आज गृह मन्त्रालयमा आफू चढ्ने गाडी र सशस्त्र प्रहरीको झण्डा पूजा गरेका छन् ।

उनलाई मन्त्रिपरिषदको यही १८ गतेको निर्णयले महानिरीक्षकमा पदोन्नति गरेको हो ।

३० वर्षे सेवाअवधिका कारण हालका आईजी पुष्पराम केसीले आइतबारबाट अनिवार्य अवकाश पाएपछि रिक्त स्थानमा अर्याललाई बढुवा गरिएको हो ।