काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक ९आईजीपी० मा बढुवा गरेको एक मन्त्रीले बताए ।
सिंहले भोलिदेखि संगठनको नेतृत्व सम्हाल्ने छन् । वरीयतामा अगाडि रहेका दुई एआईजीलाई मिच्दै सरकारले १६ महिना जुनियरलाई आईजीपी बढुवाको निर्णय गर्नु असामान्य भएको भन्दै प्रहरी वृत्तमा चर्चा सुरू भएको छ ।
गृहमन्त्री बालकृष्ण खाँण सहित अन्य केही मन्त्री वरियताक्रममा अगाडि रहेका विश्वराज पोखरेललाई नै आईजीपी नियुक्त गर्ने पक्षमा थिए । तर, अन्तिममा सिंह आईजीपीमा नियुक्त भएका हुन् ।