सातामा आठ अर्ब २० करोड ५७ लाख रुपैंयाँको सेयर किनबेच
काठमाडौँ l यो साता नेप्से २३ सय ५६ दशमलव १७ अंकमा सिमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ५० दशमलव २४ अंकमा सिमित हुन पुगेको छ । कुल दुई सय ३९ वटा कम्पनीहरुको यो साता एक लाख ६७ हजार सात सय ९८ पटकको कारोवारमा दुई करोड २५ लाख ६६ हजार ६० शेयर किनबेच भएको छ । जसबाट कुल कारोबार रकम आठ अर्ब २० करोड ५७ लाख ८२ हजार ३६ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको भन्दा झण्डै एक अर्ब रुपैंयाँले बढी हो ।
गत साता भने नेप्सेमा दुई सय ३३ वटा कम्पनीहरुको एक लाख ५७ हजार चार सय छ पटकको कारोवारमा एक करोड ८० लाख ५७ हजार सात सय ३४ शेयर किनबेच भएको थियो । जसबाट कुल कारोबार रकम सात अर्ब ३८ करोड ६१ लाख ८८ हजार छ सय ७३ रुपैयाँ पुगेको थियो । नेप्से यो साता पाँच दिन नै खुल्ला रहेकोमा पहिलो र चौथो दिन नेप्से बढेको थियो भने बाँकी दिनहरुमा घटेको थियो ।
जसमध्ये पहिलो दिन नेप्से ९५ दशमलव ५२ अंकले बढेर दुई हजार चार सय २० दशमलव ९६ अंकमा पुग्दा सेन्सिटिभ पनि १७ दशमलव ७४ अंंकले बढेर चार सय ६० दसमलव ८८ अंकमा पुगेको थियो ।
दोस्रो दिन भने नेप्से ३४ दशमलव ९५ अंकले घटेर दुई हजार तीन सय ८६ दशमलव एक अंकमा पुग्दा सेन्सिटिभ पनि छ दशमलव १९ अंंकले घटेर चार सय ५४ दशमलव ६९ अंकमा पुगेको थियो ।
तेस्रो पनि नेप्से १५ दशमलव दुई अंकले घटेर दुई हजार तीन सय ७० दशमलव ९९ अंकमा पुग्दा सेन्सिटिभ पनि एक दशमलव ७४ अंंकले घटेर चार सय ५२ दशमलव ९५ अंकमा पुगेको थियो ।
चौथो दिन भने नेप्से पाँच दशमलव १७ अंकले बढेर दुई हजार तीन सय ७६ दशमलव १७ अंकमा पुग्दा सेन्सिटिभ पनि एक दशमलव ६१ अंंकले बढेर चार सय ५४ दशमलव ५६ अंकमा पुगेको थियो ।
पाँचौं दिन भने नेप्से २० अंकले घटेर दुई हजार तीन सय ५६ दशमलव १७ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दशमलव ३२ अंंकले घटेर चार सय ५० दशमलव २४ अंकमा पुगेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल टेलिकम, नबिल, बैंक आदि अगाडि परेका छन् भने शेयर कारोवार भएको संख्याको आधारमा नेशनल हाईड्रो पावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।
दैनिक शेयर कारोबार तालिका
