काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत फेरि संगठित रुपमा सुन तस्करी हुन थालेको छ ।
बिहीबार दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमानको शौचालयमा रहेको डस्टबिनमा २ केजी ३३२ग्राम सुन लुकाएर ल्याएको पाइएको छ ।
अनुसन्धानका लागि प्रहरीले विमानमा कार्यरत सरसफाइ कर्मचारीसहित ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथरको याङवरक५ का २८ वर्षीय भीमकुमार माबो, नुवाकोटको तादी ५ का २७ वर्षीय सुमन तामाङ, उदयपुरको लिम्चुङबुङका २ का २८ वर्षीय राजेश राई, दोलखाको गौरिशंकर २ का ४१ वर्षिय हेमबहादुर थापा र सप्तरीको सुरुङ्गा(४ का ३६ वर्षीय ताराकान्त चौधरी छन् ।
उनीहरुलाई नियन्त्रणमा लिई बरामद सुनसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।