काठमाडौं । केही दिनदेखि घटिरहेको सुनको मूल्य शुक्रबार भने बढेको छ । आज सुनको मूल्य प्रतितोलामा एक हजार दूई सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलाको ९८ हजार रुपैयाँमा कायम भएको थियो ।
शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर छ । बिहीबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।