बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एकीकृत समाजवादीका मकवानपुर जिल्ला अध्यक्ष पोखरेल एमालेमै फर्किए

शुक्रबार, बैशाख १६ २०७९

हेटौंडा । नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेल नेकपा एमालेमै फर्किएका छन् ।

एमाले विभाजन भएपछि पोखरेल समाजवादीतर्फ लागेका थिए । उनी फेरि एमालेमा फर्किएका हुन् । 

उनलाई बिहीबार काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका थिए । निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै बुधबार उनी सहित सचिवालय सदस्यले समेत पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

नेकपा एसबाट उनी हेटौंडा उपमहानगरको मेयरका लागि पनि सिफारिस भएका थिए ।