काठमाडौँ । परीक्षण उडानको लागि २ सय ६० जना यात्रु बोकेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा गएको नेपाल एअरलाइन्सको जहाज रनवेमै अड्किएको छ ।
जहाज अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको बताइएको छ ।
उक्त जहाज कम्तिमा २० मिनेटदेखि सोही ठाउँमा अड्किरहेको छ त्यसलाई निकाल्ने प्रयास गरिएको छ ।