शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बागी उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री खाँण चितवन भरतपुरमा

बिहिबार, बैशाख १५ २०७९

काठमाडौँ l स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट बागी उम्मेदवारी परेपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई खटाएका छन् ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरमा कांग्रेस नेता-कार्यकर्ताले देखाएको असन्तुष्टि सम्बोधन गर्न गृहमन्त्री खाँण भरतपुर गएका हुन् । तरुण दल नेपालले आयोजना गरेको कार्यक्रममा खाँणले प्रधानमन्त्री देउवाले आफूलाई चितवनमा गएर मिलाउन आग्रह गरेको बताए । चितवनमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रलाई मेयरको उम्मेदवारी परेको छ । महानगरमा माओवादी केन्द्रकी रेणु दाहालले मेयरको टिकट पाएकी छिन् ।

गठबन्धनबाटै कांग्रेस नेता जगन्नाथ पौडेलले मेयरमा उम्मेदवार दिएका छन् । आजै बजेको सत्ता गठबन्धनको बैठकले गठबन्धनको निर्णय विपरित उम्मेदवारी गठबन्धन भित्रका दलको तर्फबाट दर्ता भएका उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्ने निर्णय गरेको हो । सोही निर्णय अनुसार देउवाले गृहमन्त्रीलाई त्यता पठाउन लागेका हुन् ।