शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ आज कारोबार ?

मंगलबार, बैशाख १३ २०७९

काठमाडौं । सुनको भाउ मंगलबार तोलामा नौ सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको छ ।

चाँदीको भाउ भने स्थिर नै छ । सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।