काठमाडौैं । ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचन लागि बैशाख ११ र १२ दुई दिन उम्मेदवार मनोनय दर्ताको समय थियो । यसैबीच केही स्थानमा एमालेका उम्मेदवार बाहेक अरु कसैको पनि उम्मेदवार नपरेपछि एमालेका उम्मेदवारहरु निर्विरोध भएका छन् ।
डोल्पा जिल्लाको से-फोक्सुन्डो गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका धावासम्डुक लामा,सोही गापाका वडानम्बर १, का वडाध्यक्ष जिक्मेछोइङ लामा,३ मा पेमागिर्मे गुरुङ, ५ मा कार्मातार्के गुरुङ, ६ मा रिग्जिन गुरुङ, ७ मा पेमाछिरिङ गुरुङ र ९ मा सार्के लामा सहित अन्य सस्दस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी डोल्पाकै छार्काताङ्सोङ गाउँ पालिकाको उपाध्यक्षमा पनि एमाले उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ ओलाङचुङगोलामा एमालेका वडाध्यक्ष उम्मेदवार छेतेन शेर्पा निर्विरोध निर्वाचित भएका छन् ।