काठमाडौँ l सत्तारुढ पाँच दलीय गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनका लागि चुनावी तालमेललाई लिएर विवाद सुरु भएको छ । शीर्ष नेतृत्वले गरेको महानगर तथा उपमहानर लगायतको चुनावी तालमेलका विषयमा कार्यकर्ता मात्र नभएर केन्द्रका नेतामा समेत असन्तुष्टि देखिएको छ । केही महानगर तथा उपमहानगरमा तालमेलको विषयमा विद्रोह नै सुरु भएको छ ।
आगामी निर्वाचनमा केन्द्रले स्थानीय तहको वेवास्ता गर्दै केन्द्रीय निर्णय थुपार्दै केन्द्रबाट सिट बाडफाड गरेको बताउदै कार्यकर्ता तथा नेताहरुले धमाधम पार्टी परित्याग गरि बगी उमेदवारी दर्ता गराएका छन् l
चुनावी तालमेलका कारण नै प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा अन्ततः नेपाली कांग्रेस विभाजन भएको छ। यस्तै केन्द्रमा तय गरिएको गठबन्धनबीच सिट बाँडफाँट गर्ने सहमति कांग्रेस कास्कीले अस्वीकार गरेपछि पोखरा महानगरपालिकाका ३३ वटै वडामा सबै दलले आआफ्ना उम्मेदवार उठाउने भएका छन्।
ललितपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट बाहिरिंदै नेकपा एकीकृत समाजवादीले मेयर र उप मेयरमा उम्मेदवारी घोषणा गरेको छ । जबकी गठवन्धनले ललितपुर महानगरपालिका कांग्रेसका निम्ति तय गरेको थियो l