शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

८१ वर्षीय व्यञ्जनकारको ५० वर्षदेखि निरन्तर वडा अध्यक्षमा उम्मेदवारी 

आइतबार, बैशाख ११ २०७९

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १० को अध्यक्षमा ८१ वर्षीय नरसिंह व्यञ्जनकारले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले आइतबार ललितपुर महानगरपालिका वडा नम्बर १० को अध्यक्षमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका हुन् । ललितपुर १० को वडा अध्यक्षमा पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले २०२९ सालदेखि वडा अध्यक्षमा लगातार स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिँदै आएका छन् । 

५० वर्षदेखि लगातार वडा अध्यक्षमा निर्वाचित व्यञ्जनकारले यस पटक पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् । अपराजित रहेका उनले यस पटक उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएका हुन् । 

१० पटकसम्म अपराजित उनले आफूले वडाका बासिन्दाको हितमा काम गर्दै आएको र फेरि ‍पनि वडाध्यक्ष जितेर उनीहरुकै सेवा गर्ने बताएका छन् ।