शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

आइतबार, बैशाख ११ २०७९

काठमाडौं । बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । प्रदेश राजधानी हेटौंडा पुगेर उनले आज पदबाट राजीनामा दिएका हुन् । 

राजीनामा पत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाए ।  राजीनामापछि अब काठमाडौं महानगरपालिकाको प्रमुख ९मेयर० पदमा मनोनयन दर्ता गरिने स्थापितले बताए ।

प्रदेशको पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उनी काठमाडौं महानगरपालिकाको दोस्रोपटक मेयरमा उम्मेदवारी दिन लागेका हुन् । उनको अघिल्लो कार्यकाल निक्कै लोकप्रिय बनेको थियो । 
एमालेले काठमाडौं महानगरपालिकामा स्थापितलाई मेयर र पूर्व मिस नेवा सुनिता डंगोललाई उपमेयरको उम्मेदवार बनाउने भएको छ ।