काठमाडौं । नेकपा (एमाले)ले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार अबेर सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारको नाम टुङ्गो लगाएको बैठकपछि एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज महानगरका प्रमुख उपप्रमुख टुंग्याएको एमालेले भरतपुरको उपप्रमुख, वीरगञ्जको उपप्रमुख र विराटनगरको प्रमुख र उपप्रमुख भने नाम टुङ्याउन बाँकी राखेको छ ।
यसैगरी एमालेले उपमहानगरपालिकाको हकमा जनकपुर र जितपुर सिमराबाहेक अन्यत्र टुङ्ग्याएको छ । जनकपुरमा भने प्रमुख तथा उपप्रमुख दुवै बाँकी छ ।
बाँकी रहेको ठाउँमा तालमेलको सम्भावनालाई मध्यनजर गर्दै अहिलेलाई नाम खाली राखेको प्रचार विभाग प्रमुख गुरुङले बताए ।
केन्द्रीय सचिवालय बैठकबाट उपमहानगरपालिकातर्फ एमालेका उम्मेदवारहरू जनकपुर र जितपुर सिमराबाहेक अन्यत्र टुङ्ग्याएको छ ।