शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

स्थानीय तह निर्वाचन : आज र भोलि मनोनयन दर्ता

आइतबार, बैशाख ११ २०७९

काठमाडौँ l स्थानीय तह निर्वाचनका लागि देशका ७ सय ५३ वटै पालिकाबाट उम्मेदवार बन्न चाहनेहरूले आज र भोलि उम्मेदवारी दिन सक्नेछन्।

निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ-आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ ।

भोली बेलुकासम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ।

यस्तै वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको  आयोगले जनाएको छ।