काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जिल्ला तहको रिपोर्ट सुनेर आफू निराश बनेको खुलासा गरेका छन् ।
महानगर र उपमहानगरपालिकाको भागबण्डाले गठबन्धनमा राम्रो सन्देश दिए पनि उनको पार्टीले सोचे अनुसार रिजल्ट नल्याउने जिल्ला-जिल्लाको रिपोर्ट आएसँगै उनी आत्तिएका हुन् ।
तल जिल्लाहरुको रिपोर्ट सुन्दा आशावादी र उत्साही हुने अवस्था नरहेको बताउँदै उनले गठबन्धनमा एमालेले जितेका ठाउँमा आफ्नो पहिलो हक हुने भने दावी गरे ।
नेकपा स्थापना दिवसको अवसरमा शनिबार केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनमा रहेका अन्य दलले आफूहरुको अपमान गर्न खोजेको आरोप समेत लगाए ।
सधा झैँ अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको विरोध गरेका थिए ।