जुम्ला । जुम्लाको तिला गाउँपालिकाको ३ मा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
आगलागीबाट चारै जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । सो गाउँपालिकाका ३ निवासी मानसिंह सार्कीको घरमा गएराति करिब १२ बजेतिर आगलागीबाट उनका १० र २ बर्षकी छोरी, १ बर्षको छोरा र १४ बर्षकी भान्जीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घाइते मानसिंह नेपाली उनकी श्रीमती फागुनी सार्की र बहिनी रुन्चकलिको अहिले अचेत अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।
आगलागी नियन्त्रणका लागि मध्यरात प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द सहित नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेना र स्थानीयवासि सहित घटनास्थलमा गई आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।