शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

घरेलु मैदानमै बार्सिलोना स्तब्ध

मंगलबार, बैशाख ६ २०७९

काठमाडौं । बार्सिलोनाले घरेलु मैदानमै सोमबार राति काडिजसँग हार बेहोरेको छ । लुकास पेरेजको निर्णायक गोलमा बार्सिलोना स्तब्ध भएको हो ।

भ्रमणकारी टोलीका लुकासले ४८ मिनेटमा गरेको गोलले महत्त्वपूर्ण तीन अंक प्राप्त गरेको  हो । बाँकी समय घरेलु टोली बार्सिलोनाले नोउ क्याम्पमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन ।

हारसँगै बार्सिलोनाले स्पेनिस ला लिगाको  दोस्रो स्थानमा अंक दूरी बढाउने अवसर गुमायो । समान ६० अंक भएपनि सेभियालाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा छ । सेभियाले एक खेल बढी खेलेको छ ।

काडिज भने ३१ अंक सहित १६ औं स्थानमा छ । शीर्ष स्थानमा भने रियल मड्रिड छ ।