काठमाडौँ l भक्तपुरमा सोमबार बिस्केट जात्राको रथले किचेर एकजनाको मृत्यु भएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सोमबार दिउँसो पौने चार बजे भक्तपुरको नासमाना चोकमा जात्रा हेरेर बसेका ७१ वर्षीय दुर्गामान कस्पाललाई रथको पांग्राले किचेको हो ।
गम्भीर घाइते भएका उनलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।